रैथाने तथा जङगली बालीको खाद्य परिकार बनाउने तालिम सम्पन्न

धदिङ,१६ फागुन ।
गंगाजमुना गाउँपालिकामा रैथाने तथा जङगली बालीको खाद्य परिकार बनाउने तालिम सम्पन्न भएको छ । लिबर्ड संस्थाको आयोजनामा गाउँपालिकाको कार्यालयमा एक दिने रैथाने तथा जङगली बालीको खाद्य परिकार बनाउने तालिम सम्पन्न हो ।
विद्यालयमा बालबालिकाहरुलाई दिने दिवा खाजामा अर्गानिक खानेकुराहरु समावेश गर्नुपर्छ भन्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाका सुचना अधिकारी हेमन्त ढकालले बताउनुभयो ।

तालिममा प्रत्येका वडाका दुई विद्यालयका दिवा खाजा बनाउने १/१ जना गरी १४ जनाको सहभागिता रहेको थियो ।
तालिममा कोदोको खजुरी पप, कर्कलोको पकौडा, कोदोको सेलरोटी, काउलीको पकौडा, खाले सिम सागको पकौडा लगायतका परिकारहरु बनाउन सिकाइएको छ । तालिममा बनाएका परिकारहरुलाई प्रर्दशनी समेत गरिएको थियो ।
तालिममा महिला उद्यमी रेखा शर्मा चौधरीले सहजीकरण गर्नुभएको थियो ।

साथै तालिममा प्रत्येक वडाका १/१ जना स्वंयम सेविकाहरुलाई पोषण सम्बन्धि जनाकारी गराइएको थियो ।
तालिममा गाउँपालिकाका अध्यक्ष भक्त बहादुर लामा, उपाध्यक्ष रामेश्वर सिँखडा, विभिन्न वडाका वडा अध्यक्षहरु र स्वंयम सेविकाहरु ल्गायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्