धादिङको चरौँदीमा ६३ जनाले रक्तदान

धादिङ,१६ बैशाख ।
धादिङको बेनीघाट रोराङ वडा नं ७ स्थित चरौँदीमा ६३ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाईटी धुषा उपशाखा धादिङको आयोजनामा भएको रक्तदान कार्यक्रममा ५८ जना पुरुष र ५ जना महिला गरी ६३ जनाले रक्तदान गरेको धादिङ रेडक्रसका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो ।
पछिल्लो समय रक्तदानका कार्यक्रमहरु नहुँदा रगत संकलन हुन नसकेकाले रगत अभाव भएको नेपाल रेडक्रस सोसाईटी धादिङका कोषाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

पहिले महिनामा ७ भन्दा बढी रक्तदान कार्यक्रम हुँदै आएकोमा पछिल्ला २ महिना यता रक्तदान कार्यक्रमहरु नहुँदा रगतको चरम अभाव भएको श्रेष्ठको भनाई छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्