गंगाजमुनामा न्यायिक समिति तथा मेलमिलापकर्ताका लागि ३ दिने पुनर्ताजगी तालिम संचालन

धादिङ,१६ बैशाख ।
गंगाजमुना गाउँपालिकामा न्यायिक समिति तथा मेलमिलापकर्ताका लागि ३ दिने पुनर्ताजगी तालिम संचालन भएको छ । गाउँपालिकाको न्यायिक समितिको आयोजनामा आज देखि तालिम सुरु भएको हो ।

स्थानीयमा हुने विवादहरुलाई अदालतसम्म जानु भन्दा स्थानीय स्तरमै मेलमिलाप गरेर अघि बढ्न सहयोग पुग्ने उद्धेश्यले तालिमको आयोजना गरिएको गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक रामेश्वर सिंखडाले बताउनुभयो ।

मेलमिलापकर्ताले मुद्धा छिनोफानो गर्दा समाजमा भाइचाराको सम्वन्ध स्थापित हुने भएकोले त्यसलाई अझै शसक्त ढङ्गले लैजानको लागि तालिम प्रदान गरिएको सिंखडाले बताउनुभयो ।

यस प्रकारको तालिमले दक्ष मेलमिलापकर्ता उत्पादनमा सहयोग पुग्ने भन्दै आगामी दिनमा पनि तालिमलाई निरन्तरता दिइने बताउनुभयो ।
तालिममा ७ वटै वडाका २६ जना मेलमिलाप कर्ताहरुको सहभागिता रहेको छ । जिल्ला अदालत धादिङका अधिवक्ता रामचन्द्र भट्ट र दिनेश दुवाडीले तालिमको प्रक्षिण गर्नुभएको छ ।

गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक रामेश्वर सिंखडाको अध्यक्षतामा संचालन भएको तालिममा न्यायिक समितिका सदस्यहरु, मेलमिलाप कर्ताहरु लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्