विपद पुर्व तयारी तथा प्रतिकार्यका लागी अल्छीडाँडामा कृतिम अभ्यास

धादिङ,२२ बैशाख ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नं ४ स्थित अल्छिडाँडामा विपद पुर्व तयारी तथा प्रतिकार्य अभ्यास गरिएको छ । शुक्रबार शिवदल गण गजुरी व्यारेक धादिङको आयोजना तथा व्यवस्थापन र जिल्ला प्रशासन कार्यालय, नीलकण्ठ नगरपालिका, जिल्ला प्रहरी कार्यालय,सशस्त्र प्रहरी बल आश्रित गुल्म र रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखाको समन्वय तथा सहयोगमा विपद पुर्व तयारी तथा प्रतिकार्यको लागि संयुक्त अभ्यास गरिएको हो ।

अल्छिडाँडा स्थित खेलमैदान माथिको पहिरोमा पहिरोबाट बच्ने उपाय, पहिरोमा परेकाहरुको उद्धार कसरी गर्ने भन्ने लगाएतका बिषयमा नमूना अभ्यास गरिएको हो । अभ्यास प्रदर्शनीको क्रममा नीलकण्ठ नगरपालिका वडा नं ४ मा पहिरो जाँदा वेपत्ता भएका चार जनाको उद्धार गरी उपचारार्थ अस्पताल लगिएको नाटक गरिएको थियो।

पहिरोले घाईते भएकाहरुलाई नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले घट्ना स्थलबाट उद्धार गरी अस्पताल पठाएको तथा बेपत्ताको खोजी गरेको देखाइएको थियो।

संयुक्त अभ्यासलाई मनसुन ३ अभ्यास नामाकरण गरिएको छ। अभ्यास कार्यक्रममा वडा अध्यक्षहरु, रेडक्रसकर्मी, एनसिसि तालिम प्राप्त विद्यार्थीहरु, स्थानीय युवा, तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्