भोली देखि आँसि खोलाको दोभानमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ हुँदै

धादिङ,२२ बैशाख ।
भोली देखि आँसि खोलाको दोभानमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ एवं तुलादान,धार्मिक महोत्सव हुने भएको छ ।

नीलकण्ठ नगरपालिका वडा न ३,८ र १२ को संगम आँसी खोलाको दोभानमा मरणघाट निर्माण तथा परेवाटारमा चारधाम निर्माण सहयोगार्थ एवं पितृउद्धारार्थ कामनाको हेतुले भागवत सप्ताह ज्ञान महायज्ञ हुन लागेको हो ।

उत्तम फाउन्डेश द्धारा आयोजित धार्मिक महोत्सवमा प्रत्येक परिवार बाट २१ कुलका पितृहरुको नाममा बत्ति बाल्ने कार्यक्रम समेत रहेको छ ।
वालतपस्वी श्री उत्तम भट्ट महाराज बाट कथा बाचनहुने कार्यक्रम यहि बैशाख ३० गते सम्म संचालन हुदै छ । बिहान १० बजेदेखि बेलुका ५ बजे सम्म लाग्ने धार्मिक महोत्सवमा बैशाख २३ गते आँसी बिहान ९ बजे आसिखोला बाट सिरान बजार हुँदै आसिखोला सम्म कलशयात्राको कार्यक्रम रहेको छ ।

महायज्ञमा सहभागी भई पुण्य कमाउन आयोजकले सवैलाई आग्रह गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्