नीलकण्ठ नगरपालिकामा नगर प्रहरी पुर्नताजगी तालिम आजदेखि सुरु

नीलकण्ठ नगरपालिकामा नगर प्रहरी पुर्नताजगी तालिम आजदेखि सुरु भएको छ । नीलकण्ठ नगरपालिकाको आयोजनामा नगर प्रहरीहरुका लागि ३ दिने पुर्नताजगी तालिम सुरु भएको हो ।

तालिममा आज पहिलो दिन नगर प्रहरीको काम, कर्तव्य, आचरण, फुटपाथ तथा फोहोर मैला व्यवस्थापनका विषयमा छलफल गरिएको थियो ।
१० जना नगर प्रहरी र २ जना दम्कल चालक गरी १२ जनाको सहभागिता रहेको तालिमको प्रक्षिण काठमाडौ महानगरपालिकाका नगर प्रहरी निरिक्षक किशोर कुमार भट्टराईले गर्नुभएको छ ।

आजदेखि सुरुभएको ३ दिने तालिममा विपद व्यवस्थापन, समन्वय सुरुक्ष र अनुसन्धान, भि आइ पि सुरक्षा, सुचना संकलन र प्रवाह, ट्राफिक व्यवस्थापन, प्राथमिक उपचार, नगर सेवामा नगर प्रहरी लगायतका विषयमा छलफल गरिने नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदी बताउनुभयो ।

सुशासन तथा क्षमता विकास संयोजक शान्ता थापा अध्यक्षतामा संचालन भएको तालिममा नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदी, शाखा अधिकृत लोकनाथ उपाध्याय, काठमाडौँ महानगरपालिकाका नगरप्रहरी निरीक्षक किशोर कुमार भट्टराई लगायत नगर प्रहरीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्