गणतन्त्र दिवस भव्यताका साथ मनाइने

सरकारले गणतन्त्र दिवसलाई बढीभन्दा बढी नागरिकको सहभागितामा भव्यताका साथ मनाउने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको ‘गणतन्त्र दिवस २०८० मूल समारोह समिति’को बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ । यही जेठ १५ गते गणतन्त्र दिवस मनाइँदैछ ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म र भावनाअनुसार ‘गणतन्त्र दिवस’लाई भव्य र सभ्य बनाउन मातहतका निकायलाई निर्देशन दिनुभएको थियो ।

बैठकमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरु र नेपाल सरकारका सचिवको उपस्थिति थियो । मूल समारोह समितिले विभिन्न उपसमिति गठन गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्