धादिङमा राष्ट्रिय परिचयपत्रको अनलाईन आवेदन फाराम प्रशासनबाटै

राष्ट्रिय परिचयपत्रको अनलाईन आवेदन फाराम अब जिल्ला प्रशासन कार्यालयले नै भरिदिने भएको छ । शुक्रबार प्रशासनले एक सूचना जारी गर्दै जेठ १५ गतेदेखी जिल्ला प्रशासन कार्यालय बाटै आवेदन फाराम भरिदिने जनाएको हो ।
प्रशासनमा राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा लिन आउने सेवाग्राहीले बाहिरबाट अनलाईन फाराम भरी आउँदा थप रकम तिर्नुपर्ने बाध्यताको अन्त्य गर्न र सेवाग्राहीलाई छिटो, छरितो तथा सुलभ रुपमा सेवा उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयको हाताभित्रबाटै अनलाईन आवेदन फाराम भरिदिने व्यवस्था गरिएको सुचना भनिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्