मकै सखाप पारेपछि बाँदर नियन्त्रणको माग राख्दै किसानको नाराबाजी

नीलकण्ठ नगरपालिका वडा नं ९ मुरलीभञ्ज्याङका किसानहरु बाँदर विरुद्धमा आन्दोलनमा उत्रिएका छन् । बाँदरले मकै लगायतका अन्नबाली सखाप पारेपछि क्षतिपुर्तीको माग गर्दै आन्दोलनमा उत्रिएका हुन्।
शुक्रबार बाँदरले नष्ट गरेको मकैको बिरुवाको माला लगाएर किसानहरुले धादिङबेशीमा नारा लगाउँदै सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् । उनिहरुले कृषी मन्त्री राजिनामा दे, अन्नबालीको क्षतिपुर्ती दे, बाँझो बारीको कर तिर्दैनौ, बाँदरले खाएपछी हामी के खाने भन्ने लगाएतका नारा लगाएका थिए ।
बाँदर बस्तीमा प्रवेश गरेर अन्नबालीमा क्षति गरेपछी स्थानीय समस्यामा परेका छन् । विगत १० बर्षदेखी नै यो समस्या भोग्दै आएको भन्दै राज्यले यसको क्षतिपूर्ति दिने व्यवस्था गर्नुपर्ने बताएका छन् । बाँदरबाट आजित किसानले बर्षेनी सरोकारवालालाई जानकारी गराउँदा पनि किसानको माग सुनुवाइ नभएको र समस्या ज्यूँका त्यूँ भएको भनाई छ । नीलकण्ठ नगरपालिका वडा नं ९ कै नवराज दुवाडीले बाँदर आतङ्ककै कारण कतिपय ठाँउमा खेतीयोग्य जमिननै बाँझो राख्नु परेको गुनासो गर्नुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्