खुम्रे किराको प्रकोप नियन्त्रणको लागि विद्युतीकरण गरिदिन पुराकसिङवासीको माग

पुराकसिङवासीले खुम्रे किराको प्रकोप नियन्त्रण गर्न विद्युतीकरण गरिदिन माग गर्दै नेपाल विद्युत प्राधिकरण धादिङमा ध्यानाकषर्ण पत्र बुझाएको छ ।

शुक्रबार गजुरी गाँउपालिका वडा नम्बर ३ पुराकसिङ खाद्य अधिकार प्रभावितहरुले विद्युतीकरणबाट मात्रै खुम्रे किराको प्रकोप नियन्त्रण गर्न सकिने हुनाले प्राधिकरण मार्फत् विद्युतीकरण गरिदिन माग गरेका हुन् । लामो समयदेखि खुम्रेकिरा प्रकोपका कारण गजुरी गाँउपालिका वडा नम्बर ३ पुराकसिङका किसान आजित बन्दै आएका छन् ।

२९ घरपरिवार मध्ये १३ परिवार तामाङ र १६ परिवार चेपाङ समुदायको बसोवास रहको छ । खुम्रेकिरा प्रकोपका कारण पुराकसिङवासीमा खाद्यन्न अभाव छ । खाद्यन्न अभाव हुनुमा भएका जमिन बलौटे र भिरालो हुनु हो । अर्को मूख्य कारण रोपेको वालीमा खुम्रेकिरा लाग्नु हो । एक वर्ष मकै वालीमा र अर्को वर्ष कोदोवाली खुम्राकिराले खाई दिन्छ । पानी कम प¥यो भने मकै पोलेर खान पनि पाइदैन । कोदो पनि त्यही अवस्थामा पुग्छ विष्णु चेपाङको भनाई छ ।

गाँउ नजिकका बस्तीहरुमा १० वर्ष अघिदेखि विजुली बस्ती बाल्दै आएका छन् । वस्ती भन्दा माथी तिर पनि विजुली बत्ती बाल्नका लागि पोल गाड्ने तार टाङ्ने काम भइसकेको छ । तर पुराकसिङमा भने बिजुली बाल्ने अवसरबाट छुटाउन पोल समेत दिएको छैन । गाउँमा बिजुली नहुँदा अध्यारोमा बस्नु पर्ने बाध्यता रहेको छ ।

साँझा खाना पकाउन, खान, वालबच्चाले पढ्न समेत पाएका छैनन । अन्य आर्यआर्जनका क्रियाकलाप गर्नबाट समेत वञ्चित रहेको बताउदै घण्ट मिल चलाउन पनि डिजेल प्रयोग गर्दै स्थानीयको भनाई छ । खुम्रेकिरा नियन्त्रणको उपाय खोजी गदै प्लान्ट क्वारिन्टिन तथा विषादी व्यवस्थापन केन्द्र हरिहर भवन र वाली संरक्षण प्रयोगशाला हरिहर भवन गए ।

वाली संरक्षण पयोगशालाबाट स्थलगत अनुगमन गरेता पनि खेतवारीमा खुम्रेकिराको प्रकोप बढ्दै गएको उनीहरुको भनाई छ । खुम्रेकिरा मार्न विषाधी हाल्न पाइदैन भन्नु हुन्छ । खुम्रे किरा नियन्ण गर्न पनि विजुली बत्ती चाहिन्छ भन्नु हुन्छ । खुम्रे किराको प्रकोपले गर्दा हामी खाद्यन्न संकटमा परेका छौ ध्यानाकषर्ण पत्रमा भनिएको छ ।

‘गाँउपालिकामा पनि विभिन्न माग राख्यौ पालिका अध्यक्षले छिट्टै विद्युतिकरण गरिदिने त भने तर कार्यन्वयन हुन सकेको छैन । गाँउमा विजुली बत्ती बाल्ने प्रवन्ध मिलाई पुराकसिङवासीलाई उज्यालोमा बस्ने र खुम्रो किराको दिगो रुपमा नियन्त्रण हुने व्यवस्था मिलाइ विद्युतीकरण गरि ध्यानाकषर्ण पत्र मार्फत् आग्रह गरेका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्