नीलकण्ठ मा. वि .मा साईबर सुरक्षा तथा लागु औषध सम्बन्धी जानकारीमूलक कार्यक्रम सम्पन्न

नीलकण्ठ माध्यामिक विद्यालयमा साईबर सुरक्षा तथा लागु औषध सम्बन्धी जानकारीमूलक कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङको आयोजना तथा विद्यालयको सहयोगमा शुक्रबार साईबर सुरक्षा तथा लागु औषध सम्बन्धी जानकारीमूलक कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा विद्यार्थीहरुलाई साईवर अपराध चोरी डकैती, लागु औषध, दुव्र्यसनी, ट्राफिक नियम÷कानुन, जेव्राक्रस, बाल अधिकार, बाल संरक्षण सामाजिक न्याय, स्वास्थ्य तथा पोषण सम्बन्धि जानकारी गराइएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्रको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नीलकण्ठ मा।बि।का कक्षा ९ मा अध्यनरत विधार्थीहर र शिक्षकहरु गरी ९५ जनाको उपस्थिति रहेको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्