नेत्रावती डवजोङ गाउपालिकामा भिआईए जाँच शिविर

धादिङ । नेत्रावती डवजोङ गाउपालिकामा प्रजनन स्वास्थ्य रुग्णता ब्यवस्थापन सम्बन्धी पाठेघरको मुखको क्यान्सर पहिचानका लागी भिआईए जाँच शिविर सम्पन्न भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा वडा न १ को मार्पाक स्वास्थ्य चौकी, वडा न ३ को सेमजोङ स्वास्थ्य चौकी, वडा न ४ को नेत्रावती डवजोङ अस्पताल र वडा नं ५ को कटुन्जे स्वास्थ्य चौकीमा उक्त शिविर सम्पन्न भएको हो ।

४ दिन सम्म संचालन भएको शिविरमा ३० देखि ६० बर्ष सम्मका १७७ जना महिलाहरुले सेवा लिएका थिए । जस मध्ये ७ जनालाई थप उपचारका लागी रिफर गरिएको छ । १४ जना पुर्ण जाँच गरि उपचार गर्नु पर्ने देखिएको छ । १६ जना महिलाहरुको पाठेघर खसेको भेटिएकोमा ४ जनाको पाठेघरको अप्रेसन गर्नुपर्ने भएकोले रिफर गरिएको गाउपालिका स्वास्थ्य शाखा प्रमुख तथा सुचना अधिकारी कृष्ण बद्री पोडेलले बताउनुभयो । नेत्रावती डवजोङ गाउपालिकाका जनताहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै यस किसिमको शिविर आयोजना गरिएको उहाँको भनाई छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्