विदेश बाट फर्केका ब्यक्तिहरुको लागी प्लम्बर र हाउस वाईरिङ तालिम

धादिङ । गंगाजमुना गाउँपालिकामा बैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरुको लागि पुनः एकिकरण प्लम्बर र हाउस वाईरिङ तालिम सुरु भएको छ । गाउँपालिकाको आयोजना तथा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, बैदेशिक रोजगार बोर्डको सहयोगमा २१ दिने तालिम सुरु भएको हो ।

मंगलबार एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष भक्त बहादुर लामाले तालिमको उद्धघाटन गर्नुभएको थियो । गाउँपालिकाका युवाहरुलाई स्वदेशमा नै रोजगारी सिर्जन गरी आत्मनिर्भर बनाउने उद्धेश्यले तालिमको आयोजना गरिएको गाउँपालिकाको रोजगार संयोजक प्रमिता भट्टले बताउनुभयो । गाउँपालिका भित्रका २२ जनाको सहभागिता रहेको प्लम्बीङ र हाउस वाईरिङ तालिममा कृष्ण प्रसाद शाही र भरत न्यौपानेले प्रशिक्षण गर्नुभएको छ ।

गाउँपालिकाका उपाध्यक्ष रामेश्वर सिंखडाको अध्यक्षतामा संचालन भएको तालिममा गाउँपालिकाका अध्यक्ष भक्त बहादुर लामाको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्