विश्व रक्तदाता दिवसको अवसरमा भोलि (बुधबार) रक्तदान कार्यक्रम हुदैँ

धादिङ,३० जेठ ।
विश्व रक्तदाता दिवसको अवसरमा भोलि बुधबार रक्तदान कार्यक्रम हुने भएको छ । निलकण्ठ बहुमुखी क्याम्पस, युवा रेडक्रस सर्कलको आयोजनामा, श्री रिलायबल फुड एण्ड वेभराज प्रा.ली नेपालको सहयोगमा रक्तदान कार्यक्रम हुने भएको हो ।

नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा जेठ ३१ गते बुधबार नीलकण्ठ बहुमुखी क्याम्पस परिसरमा बिहान ६ बजेदेखि ११ बजेसम्म रक्तदान कार्यक्रम हुने जनाएको छ ।

कार्यक्रममा सक्रिय सहभागिताका साथै रक्तदान गरी सहयोग गरिदिनहुन आयोजकले अपील गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्