नेत्रावती डबजोङका किसानहरुलाई हाते ट्याक्टर वितरण

धादिङ,३० जेठ ।
नेत्रावती डबजोङ गाउँपालिकाले किसानहरुलाई हाते ट्याक्टर वितरण गरेको छ । सामेबार गाउँपालिकाले ६० प्रतिशत अनुदानमा किसानहरुलाई हाते ट्र्याक्टर वितरण गरेको हो ।

गाउँपालिकाको ५ वटै वडाका खेति किसान गर्ने २३ जना कृषकहरुलाई २३ वटा हाते टेयाक्टर वितरण गरिएको कृषि शाखाका कैलाश रमण भट्टले बताउनुभयो । किसानको माग र आवश्यक्ताको आधारमा व्यावसायिक रूपमा कृषि कर्म गर्दै आएकालाई प्राथमिकतामा राखेर हाते ट्याक्टर वितरण गरिएको भट्टले बताउनुभयो।

ट्याक्टर वितरण कार्यक्रमममा गाउँपालिका अध्यक्ष मेघनाथ रिजाल,उपाध्यक्ष सीता गुरुङ चोदेन, प्रमुख प्रशासकीय अधिकृत हरेराम साह, वडा नं २ का वडा अध्यक्ष मीन बहादुर तामाङ, वडा नं ३ का वडा अध्यक्ष सुरेश गुरुङ, वडा नं ४ का वडा अध्यक्ष तिल बहादुर गुरुङ लगायत अन्य वडा सदस्य र कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्