ज्वालामुखी–३ स्थित मिलिजुली टोल र सन्यासी टोललाइ नमुना, स्वच्छ र सफा गाउँ घोषणा

धादिङ,०६ असार ।
ज्वालामुखी गाउँपालिकाको वडा नं ३ स्थित मिलिजुली टोल र सन्यासी गाउँलाई नमुना सफा र स्वच्छ गाउँ घोषणा गरिएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी मिलिजुली टोल र सन्यासी गाउलाई नमुना सफा र स्वच्छ गाउँ घोषणा गरिएको हो ।

वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति ज्वालामुखी गाउँपालिका वडा न ३ को आयोजना तथा ज्वालामुखी गाउँपालिका र शान्ति नेपाल को सहयोग नमुना सफा र स्वच्छ गाउँ घोषणा गरिएको हो ।

नमुना सफा र स्वच्छ गाउँ घोषणा गरिएको मिलिजुली टोल र सन्यासी गाउ हाल १०९ घरधुरी रहेको छ । ज्वालामुखी गाउँपालिको यसअघि डा न ६ स्थित काउलेडाँडा र गैरी गाउँ टोललाई नमुना, सफा र स्वच्छ गाउँ घोषणा गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्