धादिङ अस्पतालमा १०६ जनाद्धारा रक्तदान

धादिङ,०६ असार ।
राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना दिवसको अवसरमा १०६ जनाले रक्तदान गरेका छन् ।

बुधबार धादिङ अस्पताल परिसरमा भएको कार्यक्रममा ८० जना पुरुष र २६ जना महिला गरि १०६ जनाले रक्तदान गरेको धादिङ रेडक्रसका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी धादिङको आयोजनामा बिहान ७ बजेदेखि भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्