आज नवौँ अन्तर्राष्ट्रिय योग दिवस : धादिङमा प्रभातफेरी गरि मनाइयो

धादिङ,०६ असार ।
नवौँ अन्तर्राष्ट्रिय योग दिवस धादिङमा प्रभातफेरी गरि मनाइएको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङ, जिल्ला प्रहरी कार्यालय, ब्रह्मकुमारी राजयोग सेवा केन्द्र र पतन्जली योग समिति, ओशोधारा संघ, हर्ट फाउण्डेशन र नीलकण्ठ मावि पतन्जली योग युवा समितिको संयुक्त आयोजनामा धादिङबेशीमा प्रभातफेरी गरिएको हो ।

मानवताको लागि योग भन्ने मुल नाराका साथ धादिङबेशी पुछारबजार स्थित बगैँचा योग साधना केन्द्रबाट सुरु भएको प्रभातफेरी शितल बजार योग साधना केन्द्रको हलमा पुगेर समापन गरिएको थियो ।

अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाउदै आएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।

योग र ध्यान साधनाका लागि उत्तरायण महत्त्वपूर्ण मानिने भएकाले उत्तरायण सुरु हुने पहिलो दिन मकर सङ्क्रान्ति अर्थात् माघ १ गतेलाई सरकारले राष्ट्रिय योग दिवस घोषणा गरेको हो । हाल नेपालमा माघ १ गते राष्ट्रिय र जुन २१ का दिन अन्तर्राष्टिय योग दिवस मनाइन्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्