धादिङमा फेरी डेंगु फैलिदै : आज ७ जनामा संक्रमण पुष्टि

धादिङ,१३ असार ।
बर्खा सुरु भएसँगै धादिङमा डेँगु संक्रमण फैलिन थालेको छ । हिउँदमा शून्य भएको संक्रमण बर्खा सुरु भएसँगै फेरी बढ्न थालेको हो ।

स्वास्थ्य कार्यालय धादिङको तथ्याङक अनुसार आज धादिङका ७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। आज नीलकण्ठ नगरपालिकाका ४, सिद्धलेक। ज्वालामुखी र रुवी भ्यालीका १/१ जना गरी ७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै चालु आर्थिक बर्षको साउन देखि हालसम्म जिल्लाका १ हजार ४२८ जना पुरुष र १ हजार २४५ महिला गरी कुल २ हजार ६७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयको तथ्याकंमा उल्लेख गरिएको छ ।

संक्रमित हुने मध्ये नीलकण्ठ नगरपालिकामा सबैभन्दा धेरै १ हजार ७०८ जना संक्रमित भएका छन् भने सबैभन्दा कम खनियाबास गाउँपालिकाका ७ जनामा संक्रमण पुष्टि भएको छ ।

गजुरीमा १२० र त्रिपुरासुन्दरीमा ८१, ज्वालामुखीमा १०३, धुनिबेशीमा ९४, गल्छीमा १३२, सिद्धलेकमा ९३, बेनिघाट रोराङमा १३९, गंगाजमुनामा ३५ थाक्रेमा १८, रुवीभ्यालीमा १७, नेत्रावती डवजोङमा १५ जनामा संक्रमण पुष्टि भएको छ।

जिल्लाको कुल संक्रमित मध्ये १०२ जनाको ठेगाना खुलेको छैन भने ९ जना अन्य जिल्लामा परिक्षण गरिएको स्वास्थ्य कार्यालयको विवरणमा उल्लेख गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्