नीलकण्ठ नगरपालिकाका ४४ जना मेलमिलापकर्ताहरूको शपथ ग्रहण

धादिङ,१४ असार ।
नीलकण्ठ नगरपालिकाको ४४ जना मेलमिलापकर्ताहरूको शपथ ग्रहण तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । विहिबार नगरपालिका भित्रका ४४ जना मेलमिलापकर्ताहरुलाई नगरपालिकाका उपमेयर दिपक विश्वकर्माले शपथ ग्रहण गराउनु भएको हो ।

कार्यक्रममा मेलमिलापकर्ताहरूले कुनै पनि दल नातावाद नहेरीकन मेलमिलाप गराउनु पर्ने, मेलमिलाप कर्ताले गर्दा न्यायक समितिलाई सहज हुने, मेलमिलाप कर्ताहरुमा पार्दशी, समान जनक व्यवहार, गोपनियता, निष्पक्ष जस्ता गुणहरु हुनुपर्ने र मेलमिलाप हुन नसक्ने मुद्दाहरू मिलाउन नपाउने जस्तै भ्रष्टाचार, बलत्कार, सार्वजनीक जग्गा साथै मेलमिलाप कर्ता सम्म आएको मुद्दाहरू ६० दिनमा मिलाइ सक्नुपर्ने लगायतका विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङगानाले सफल मेलमिलापकर्ता बन्नको लागी निष्पक्ष रुपमा काम गनुपर्ने बताउनुभयो । मेलमिलाप कर्ताले स्थानियप्रति विश्वासशीलो वातावरण सिर्जना गर्नुपर्ने ढुङगानाले बताउनुभएको छ ।

संविधालले दिएको अधिकारलाई सरल र पार्दशी ढङ्गले जनताको गुनासो सुन्ने न्यायीक सतिमिको काम भएको नीलकण्ठ नगरपालिकाका उपमेयर दिपक विश्वकर्माले बताउनु भएको छ । उहाँले न्यायीक समितिको काम कार्वाहिलाई निष्पक्ष र दक्ष मेलमिलापकर्ताको भुमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ । त्यसैगरी दिनमा नगरपालिकाले वडा स्तर देखी टोल स्तर सम्म मेलमिलाप अभियान संचालन गर्ने उपमेयर विश्वकर्माले बताउनुभयो।

नीलकण्ठ नगरपालिकाका उपमेयर दिपक विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका मेयर भिम प्रसाद ढुङगानाको प्रमुख आतिथ्य रहेको थियो भने प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदी नगरपालिकाका कर्मचारी, नगर प्रहरी मेलमिलापकर्ता लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्