नीलकण्ठ क्याम्पस प्राङ्गणमा बृक्षारोपण

धादिङ,१५ असार ।
धादिङको नीलकण्ठ बहुमुखी क्याम्पस प्राङ्गणमा बृक्षारोपण गरिएको छ । जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा अनेरास्ववियु नीलकण्ठ बहुमुखी क्याम्पस कमिटिले पुष्पजन्य विरुवा रोपेको हो ।

क्याम्पस प्राङ्गणमा सुन्दर बनाउने र स्वच्छ वातावरण सिर्जना गराउने उद्देश्यसहित क्याम्पस प्राङ्गणमा बृक्षारोपण गरिएको अनेरास्ववियु क्याम्पस कमिटिका अध्यक्ष आमोश थापा तामाङले बताए ।

कल्की, म्याङ्गोष्टि, दुबो गरी ३० वटा विरुवा रोपिएको उनले जानकारी दिए । भण्डारीको जन्मजयन्तीको अवसरमा अनेरास्ववियुले सप्ताहव्यापी कार्यक्रम गरिरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्