नेत्रावती डबजोङ गाउँपालिकामा लैङ्गिक हिंसा बिरुद्ध अभिमुखीकरण

नेत्रावती डबजोङ गाउँपालिकामा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । लैङ्गिक हिंसा अन्त्यको सुनिश्चिता स् महिला र बालबालिकामा लगानिको एक्यबद्धता भन्ने नाराका साथ अभिमुखीकरण कार्यक्रम शनिबार सम्पन्न भएको हो ।
कार्यक्रममा लिङ्ग र लैङ्गिता बिचको भिन्नता, संविधानमा उल्लेख भएका हक अधिकारहरु लगायत समानता र समताको विषयमा छलफल गरिएको थियो । सहकारीका प्रतिनिधिहरु, आमा समुहका अध्यक्ष, महिला स्वयसेविकाहरु ल्गायतको सहभागिता रहेको अभिमुखीकरण कार्यक्रममा कविता इटनीले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सिता माया चोदेनले पहिलाको तुलनामा हिंसा धेरै नै नियन्त्रण भइसकेको भन्दै सक्षम महिला नेत्री उत्पादन हुनको लागि समय अनुसार परिवर्तन हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्नुहुँदै गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालले अझै पनि पालिका भित्र लैङ्गिक हिंसाका घटनाहरु घटी रहेकोले प्रत्येक वडामा लैङ्गिक हिंसा बिरूद्दको १६ दिने अभियानको कार्यक्रम गर्नुपर्ने बताउनुभयो । उहाँले गाउँपालिकाको सभाहलमा बसेर मात्र हिंसा न्युनिकरण नहुने भन्दै आगामी दिनमा वडा, टोल र विद्यालय स्तरमा गएर सचेतना कार्यक्रम संचालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यसैगरी प्रमुख प्रशासकिय अधिकृत हरेराम शाहले समाजमा धेरै कुरा परिवर्तन हुँदा पनि हिँसा अहिले पनि विद्यमान रहेकोले हिंसा न्यनिकरण गर्नको लागि सबैजना एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । सबै क्षेत्रमा महिलाहरुको प्रतिनिधित्व बढिरहे पनि जुन गतिमा हुनुपर्ने हो त्यो नभएको उहाँको भनाई छ।
गाउँपालिका उपाध्यक्ष सिता माया चोदेनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालको प्रमुख आतिथ्य तथा प्रमुख प्रशासकिय अधिकृत हरेराम शाहको विशेष आतिथ्यता रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्