दोस्रो त्रिपुरासुन्दरी गोल्ड कप फुटबल प्रतियोगिता भोलिदेखि सुरु हुँदै

प्रतियोगिताको प्रथम पुरस्कार १ लाख ७७ हजार ७ सय ७७, द्धितिय पुरस्कार ७७ हजार ७ सय ७७ रहेको छ भने उत्कृष्ट गोलकिपर, उत्कृष्ट गोलकर्ता, अनुशासित खेलाडी र उत्कृष्ट मिडफिल्डरले जनही ३–३ हजार पाउने छन् ।###############

धादिङबेशी । दोस्रो त्रिपुरासुन्दरी गोल्ड कप फुटबल प्रतियोगिता भोलिदेखि सुरु हुने भएको छ । गणेश स्थान युवा क्लवको आयोजनामा त्रिपुरासुन्दरी गाउँपालिका–६ स्थित हाँसेपसल खेलमैदानमा मंसिर २५ देखि २८ गतेसम्म प्रतियोगिता हुने भएको हो ।

धादिङको ऐतिहासिक धार्मिक पर्व त्रिपुरासुन्दरी माईको मन्दिरमा लाग्ने न्वागी मेला अर्थात सल्यानबेसी जात्राको अवसरमा दोस्रो त्रिपुरासुन्दरी गोल्ड कप २०८० आयोजना गरेकोले सम्पुर्ण खेल प्रेमी भक्तजन तथा शुभचिन्तकलाई आयोजकले निमन्त्रण गरेको छ । साथै युवाहरु बिच एकता र भातृत्व कायम गर्नका लागि पनि प्रतियोगिता आयोजना गरेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको प्रथम पुरस्कार १ लाख ७७ हजार ७ सय ७७, द्धितिय पुरस्कार ७७ हजार ७ सय ७७ रहेको छ भने उत्कृष्ट गोलकिपर, उत्कृष्ट गोलकर्ता, अनुशासित खेलाडी र उत्कृष्ट मिडफिल्डरले जनही ३–३ हजार पाउने छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्