गंगाजमुना गाउँपालिकामा जिल्ला प्रशासनबाट प्रदान हुने सेवाबारे अन्तरक्रिया तथा अभिमुखिकरण

धादिङबेशी । गंगाजमुना गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय धादिङबाट प्रदान हुने सेवा प्रवाह बारे अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङको आयोजना र गंगा जमुना गाउँपालिकाको समन्वयमा नागरिकता सिफारिस लगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने अन्य सेवा एवं घटना दर्ता ९पञ्जिकरण० सम्बन्धमा अन्तरक्रिया तथा अभिमुखिकरण गरिएको थियो ।
आज गंगा जमुना गाउँपालिका अन्तर्गतका वडाध्यक्ष, वडासचिव तथा पञ्जिकरण शाखामा कार्यरत कर्मचारीका लागि १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
यसबाट सेवा प्रवाहका सम्बन्धमा स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिमा रहेको द्विविधा, अन्यौलता र अस्पष्टताको अन्त्य भई स्पष्टता, एकरूपता र सहजता हुने अपेक्षा गरिएको बताईएको छ ।
गाउँपालिका अध्यक्ष भक्त बहादुर लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्