बेनिघाट रोराङमा सुन्तला खाउँ,बिऊ दिउँ कार्यक्रम

धादिङबेशी । बेनिघाट रोराङ गाउँपालिका वडा न २ को चेपाङबस्ति दुम्लिङमा सुन्तला खाउँ,बिऊ दिउँ कार्यक्रम संचालन गरिएको छ ।
धादिङको बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया ९विवेक० बिशेष उपस्थितिमा शनिबार यस कार्यक्रमको आयोजना गरिएको हो ।

वडा नम्बर २ का वडा अध्यक्ष हेमराज भुजेलले सुन्तला खाउँ, विऊ दिउँ कार्यक्रमका लागि वडाले १ लाख विनियोजन गरेको र २० हजारको सुन्तला स्थानीय नागरिकसँग खरिद गरि यस किसिमको कार्यक्रमको आयोजना गरिएको बताउनु भएको छ ।

उहाँले दुम्लिङ, कात्तिके र धुसेनीलाई सुन्तला, निबुवा र कागतीको पकेट क्षेत्र बनाउने वडाको तयारी रहेको बताउनु भएको छ ।
आगामी दिनमा विऊको नर्सरी बनाउने र थप विऊ संगलन गरि प्रति घर २०० विरुवा वडाले वितरण गर्ने लक्ष्यरहेको उहाँको भनाई छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्