धुनिवेशी वडा नम्बर ७ र ८ को संगमस्थाल चालिसे ( खानिखोला) मा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ७ र ८ को संगमस्थाल चालिसे (खानिखोला) धादिङमा मंगलबार बाट श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ ।

धुनिवेशी नगरपालिका वडा नं ७ र ८ को संगमस्थल खानीखोला स्थित श्री नीलकण्ठेश्वर महादेव मन्दिर परिसरमा महादेव मन्दिर तथा क्रिया पुत्री भवन निर्माण गर्ने उद्देश्यका साथ सप्ताह ज्ञान महायज्ञ सुरु गरिएको सप्ताह संयोजक निरू खरेलले बताउनु भयो।

सप्ताहमा संगीतमय श्रीमद्भागवत कथा पाठ पारायण ,ख्यातिप्राप्त कलाकारहरु द्वारा झाकी पर्दशन , भजन सहित रहने प्रमुख वाचक पंडित पुरुषोत्तम अधिकारीले बताउनु भयो।

मंगलबार बिहान नौबिसेको नृवेश्वर महादेव मन्दिरबाट सुरु गरिएको कलश यात्रा मा १ सय ५३ जनाले कलश बोकेर उक्त कार्यक्रममा सहभागी भएको आयोजकले जनाएको छ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्