बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले आज पुन:नयाँ रेकर्ड बनाएको छ। आज छापावाल सुनको मूल्य प्रतितोला रु सात सयले उकालो लागेको छ ।
बिहीबार प्रतितोला रु एक लाख ३८ हजार छ सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३९ हजार तीन सय मूल्य निर्धारण भएको छ । यस्तै तेजाबी सुन बिहीबार तोलामा रु एक लाख ३७ हजार नौ सय ५० मा कारोबार भएकोमा आजका लागि भने रु एक लाख ३८ हजार छ सय ५० निर्धारण भएको छ ।
त्यस्तै चाँदीको मूल्य भने सामान्य गिरावट भएको छ । बिहीबार प्रतितोला रु एक हजार सात सय २५ मा कारोबार भएकोमा आजका लागि भने रु एक हजार सात सय २० निर्धारण भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्