धादिङमा १४ हजार भन्दा बढि मतदाता थपिए,नामावली दर्ता कार्यक्रम जारी

धादिङमा फोटो सहितको मतदाता नामावली दर्ता कार्यक्रम जारी रहेको छ।

जिल्ला निर्वाचन कार्यालय धादिङ र जिल्ला प्रशासन कार्यालयबाट जारी फोटो सहितको मतदाता नामावली दर्ता कार्यक्रम निर्वाचनको मिति घोषणा नहुन्जेल सम्म निरन्तर हुने निर्वाचन कार्यालयले जनाएको छ।गत शुक्रबारदेखी हालसम्म निर्वाचन कार्यालय र प्रशासनबाट १ हजार १८३ जना मतदाता थपिएका छन्।

निर्वाचन कार्यालय धादिङले गत मंसिर १७ देखि पुस ८ गतेसम्म जिल्लाका १३ स्थानीय तहका कार्यालयबाट सञ्चालन गरेको फोटो सहितको मतदाता नामावली संकलन कार्यक्रममा धादिङमा १२ हजार ८१९ जना मतदाता थपिएका थिए ।यो सँगै धादिङमा हालसम्म १४ हजार २ मतदाता थपिएका छन् ।

नाम दर्ता गर्न छुट भएकाहरुले अनिर्वाय रुपमा सक्कल नेपाली नागरिकता सहित जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय धादिङबाट दर्ता गराउन जिल्ला निर्वाचन अधिकारी सन्तोष कुमार श्रेष्ठले आग्रह गर्नुभएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्