नेपालमा फेरी कोरोना संक्रमण बढ्दै,२४ घण्टामा थप ९६८ जनामा संक्रमण

नेपालमा कोरोना संक्रमण लगातार उकालो लाग्न थालेको छ।पछिल्लो केही दिनयता दैनिक कोरोनाबाट संक्रमित हुनेको संख्या बढेको छ ।
पछिल्लो २४ घण्टामा देशभर १४ हजार ९७१ को कोरोना परिक्षणमा ९६८ संक्रमित थपिएका छन्।

यो संख्या बिहिबारको तुलनामा झण्डै चार सयले बढी हो। देशभरका प्रयोगशालाबाट ८ हजार २७२ जनाको पीसीआर गर्दा ५७२ र ६ हजार ६९९ जनाको एन्टिजेन परिक्षणमा ३९६ गरी ९६८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

बिहिबार मात्रै ५४० संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख २७ हजार ८९३ पुगेको छ ।यसैगरी पछिलो २४ घण्टामा २६२ संक्रमित डिस्चार्ज भएसँगै संक्रमित भई निको हुनेको सङ्ख्या ८ लाख १३ हजार ७०९ पुगेको छ।

संक्रमित भन्दा संक्रमणमुक्त हुने संख्या घट्दै गएपछि सक्रिय संक्रमित बढेका छन्। हाल सक्रिय संक्रमितको संख्या ५ हजार ७४१ पुगेको छ भने सङ्क्रमणमुक्त हुनेको दर ९७.९ प्रतिशत रहेको छ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । हालसम्म सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या एघार हजार ६०२ रहकोे मन्त्रालयको तथ्याङ्मा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्