गठबन्धन सरकारले विधि विपरित मनलाग्दी गरेको डा.कँडेलको भनाई

नेकपा एमाले स्थायी कमिटिका सदस्य एवम केन्द्रिय लेखा आयोगका अध्यक्ष डा.पुष्पराज कँडेलले अहिलेको सरकार गतिहिन भएको आरोप लगाउनुभएको छ ।

शुक्रबार एमाले धादिङको ८ औं जिल्ला अधिवेशनको खुलाशत्रलाई सम्बोधन गर्दै कँडेलले गतिहिन सरकारले कामै नै गर्न नसकेको बताउनुभएको हो।अहिलेको गठबन्धन सरकारले विधि विपरित मनलाग्दी गरेर अर्थतन्त्र ध्वस्त पारेको आरोप लगाउनुभयो।

योजना आयोगको पूर्व उपाध्यक्ष समेत रहनुभएका डा.कँडेलले गठबन्धनलाई टिकाइराख्न असन्तुष्ट र आकांक्षीको व्यवस्थापन गर्न मन्त्रालयको संख्या बढाउँदा देशमा आर्थिक भार थपिदै गएको बताउनुभयो।

कम्युनिष्ट सरकारलाई ढालेर अर्को दलको नेतृत्वमा सरकार बनाउनेले मुलुकमा समाजवाद ल्याउन नसक्ने बताउनुभयो।

एमालेले विकासमा तिव्रता दिएर समृद्ध नेपालको अभिभारा पुरा गर्न थालेपछी सत्ताबाट हटाईएको भन्दै उहाँले आगामी निर्वाचन पछि नयाँ जनतमतका साथ एमालेले समृद्धिका बाँकी कार्यभार पूरा गर्न र ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्क्षा पूरा गराउन प्रतिबद्ध रहेको बताउनुभयो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्