एमाले धादिङको ८ औँ जिल्ला अधिवेशन सुरूःसर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास

नेकपा एमाले धादिङको ८ औँ जिल्ला अधिवेशन सुरु भएको छ ।

शुक्रबार जिल्ला सदरमुकाम धादिङबेशी स्थित मदन आश्रित स्मृति भवनमा सुरु भएको अधिवेशनको नेकपा एमाले स्थायी कमिटिका सदस्य एवम केन्द्रिय लेखा आयोगका अध्यक्ष डा.पुष्पराज कँडेलले उद्घाटन गर्नुभएको होे।

अधिवेशनको उद्घाटन गर्दै डा.कँडेलले आगामी निर्वाचनमा पार्टीलाई बहुमत दिलाउन सङ्गठनलाई एकताबद्ध बनाउनुको विकल्प नरहेको बताउनुभयो । अधिवेशनमा एमाले केन्द्रीय सदस्य खेम प्रसाद लोहनी, जानुुका सिंखडा, केन्द्रीय लेखा आयोगका सदस्य मिनराज कँडेल, संविधान सभा सदस्य धन बहादुर घले, जिल्ला समन्वय समितका प्रमुख जगन्नाथ नेपाल लगायतले शुभकामना दिनुभएको थियो ।

अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास गरेपनि आकांक्षी धेरै हुँदा समस्या देखिएको एमाले धादिङले जनाएको छ। जिल्लाभरीबाट ७०१ जना प्रतिनिधि अधिवेशनका लागि चयन भएका छन् ।

अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव र एक तिहाई महिला र समावेशीलाई समेटेर बन्ने १०५ सदस्यीय जिल्ला कमिटि चयन गर्ने छ। अधिवेशनको पहिलो दिन उद्घाटन सत्र सकिएसँगै हाल बन्दसत्र जारी रहेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्