युनिटि स्वास्थ्य सहकारीको १२ औ बार्षिक साधारण सभा सम्पन्न

कल्पना श्रेष्ठ।
धादिङ।श्री युनिटि स्वास्थ्य सहकारीको १२ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।पौष २१ गते देखि सुरु भएको साधारण सभाको शुक्रबार एक औपचारिक कार्यक्रम गरि समापन गरिएको हो।

युनिटी स्वास्थ्य सहकारीका अध्यक्ष कृष्णलाल उप्रेतीको अध्यक्षता भएको समापन कार्यक्रममा जिल्ला सहकारी संघका सचिव युबराज थपलियाको प्रमुख आथित्य रहेको थियो।

जिल्ला बचत संघका अध्यक्ष नवराज शर्मा,नेपाल पत्रकार महासघ धादिङका अध्यक्ष राजाराम शर्मा, युवा बैज्ञानिक वसन्त कुमार साही,स्रोत परिचालन सहकारिका कोषाध्यक्ष रुद्रबहादुर खत्री, सहारा सहकारिको कोषाध्यक्ष भगवती तिवारी, जिल्ला अस्पताल धादिङका अध्यक्ष महेन्द्र धमलाको आतिथ्य रहेको कार्यक्रममा बिभिन्न सस्थाका कार्यसमिति, लेखा सुपरिवेक्षण समिती, बचत तथा ऋण उप समिती, शिक्षा उप समिती, औषधि बिक्री उप समिती ,सल्लाहकार उप समिति कर्मचारीहरु तथा शेर सदस्यहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा अतिथिहरुलाई संस्थाको तर्फबाट मायाको चिनो समेत प्रदान गरिएको थियो।

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्