नारायण कुमार श्रेष्ठ(एम्बुलेन्स अंकल)ले गरे ५१ औं पटक रक्तदान

एम्बुलेन्स अंकलका रुपमा परिचित धादिङबेसी बीचबजारका नारायण कुमार श्रेष्ठले ५१ औं पटक रक्तदान गर्नुभएको छ।

शनिबार नीलकण्ठ नगरपालिका–६ देउरालीछाप स्थित शितलादेवी महिला विकास समितिको प्रथम बार्षिक साधारण सभाको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा श्रेष्ठले रक्तदान गर्नुभएको हो।

श्रेष्ठले तीन–तीन महिनामा रगतको आवश्यक परेका बिरामीलाई दिउँसो राति केही नभनी रगत दिँदै आउनुभएको छ।उहाँले कम्तीमा ७५ पटक रगत दिने रहर रहेको बताउनुभएको छ।

हरेक दुर्घटना तथा घटना स्थलमा एम्बुलेन्स भन्दा छिटो पुग्ने भएका कारण श्रेष्ठ एम्बुलेन्स अंकलका रुपमा परिचित हुनुहुन्छ। नेपाल रेडक्रम सोसाइटी धादिङ शाखामा आबद्ध श्रेष्ठ हरेक दुर्घटनामा पुग्ने र उद्दार तथा प्राथमिक उपचारका साथै परामर्श दिने गर्नुहुन्छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्