ग्रामिण यातायात सहकारीको १३ औँ वार्षिक साधारण सभा सम्पन्न

ग्रामिण यातायात सहकारी संस्था लिमिटेड धादिङको १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

जिल्लामा सर्वशुलभ र सुरक्षित यातायात सेवा सञ्चालनमा ल्याई सेवा प्रदान गर्ने उद्देश्यका साथ २०६५ साल जेठ १९ गते स्थापना भएको सहकारीको शनिबार १३ औँ बार्षिक साधारण सभा मनाएको छ ।

कार्यक्रममा आर्थिक बर्ष २०७८/७९ का लागि प्रस्तावित कार्यक्रमहरु सार्वजनिक गरिएको थियो ।साथै कार्यक्रममा इमान्दार चालक, सकृय व्यवसायी र कोभिड १९ को समयमा सहकारीलाई घरभाडामा सहयोग गर्ने बिच बजार टोल सुधार समितिलाई सम्मान गरिएको थियो ।

यसैगरी साधारण सभा कै अवसरमा वृहत निशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो।मनमोहन मेमोरियल शिक्षण अस्पताल र ग्रामिण यातायात सहकारीको सहकार्यमा भएको रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका थिए भने वृहत निशुल्क स्वास्थ्य शिविरमा १५० जनाले सेवा लिएका छन् ।

शिविरमामनमोहन मेमोरीयर मेडिकल कलेज तथा शिक्षण अस्पतालका टोलिद्धारा प्रेसर, सुगर, हाडजोर्नी र स्त्री रोग सम्बन्धी लगायतका स्वास्थ्य जाँच गर्नुका साथै निशुल्क औषधी पनि वितरण गरिएको थियो ।

संस्थाका अध्यक्ष राम बहादुर घलेको अध्यक्षतामा भएको साधारण सभामा सार्वजानिक याातायात केन्द्रिय महासंघका अध्यक्ष डोलनाथ खनालको प्रमुख आतिथ्यता रहेको थियो।

त्यस्तै प्रदेश सांसद डा.रामकुमार अधिकारी,नीलकण्ठ नगरपालिकाका उपमेयर मनराज भण्डारी,संविधान सभा सदस्य विर बहादुर तामाङ, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालको विशेष आतिथ्यता रहेको कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, लगायत सेयर सदस्यहरुको सहभागिता रहेको थियो ।

सहकारीमा हाल ५ सय ७९ जना शेयर सदस्य रहेका छन् भने ३३ लाख ५७ हजार ७ सय कुल शेयर पुँजि रहेको छ ।सहकारीले सुरुमा ९ ओटा हाइसबाट सेवा सुरु गरी अहिले ५५ ओटा यातायात साधनबाट सेवा दिदै आएको छ ।जसमा धादिङ–काठमाडौँमा ३३ ओटा, ग्रामीण भेगमा १२ ओटा, धादिङबेसी–चितवन, धादिङबेसी–सुनालाबजार र डिलक्स गाडी २/२ ओटा यातायातका साधान सञ्चालनमा छन् ।

सहकारीले आर्थिक बर्ष २०७७/७८ मा सवारी चालक तथा सहचालकलाई ट्राफिक नियमको बारेमा तालिम प्रदान, सवारी दुर्घटना हुदाँ विमाबाट प्राप्त नपुग रकमको १० प्रतिशत मात्र सवारी धनीले बेर्होने व्यवस्था मिलाइएको र यात्रुको चाहनालाई मध्यनजर गर्दै काठमाडौँ धादिङबेसी डिलक्स बस सञ्चालनमा ल्याइएको कार्यक्रममा जानकारी गराइएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्