राष्ट्रिय फोटो पत्रकार समूह बागमति प्रदेशको अध्यक्षमा पुनःसिलवाल

धादिङ।राष्ट्रिय फोटो पत्रकार समूह बागमति प्रदेशको अध्यक्षमा पुनःनारायण सिलवाल निर्वाचित हुनुभएको छ।

शनिबार चितवनको सौराहामा सम्पन्न भएको प्रथम अधिवेशनबाट अध्यक्षमा धादिङका सिलवाल सर्वसम्मत चयन हुनुभएको हो।

कार्यसमितिको उपाध्यक्षमा मकवानपुरका कपिल खड्का, सचिवमा नुवाकोटका राजेन्द्र गजुरेल, कोषाध्यक्षमा सदिक्षा न्यौपाने चयन हुनुभएको छ।

त्यस्तै सदस्यहरुमा धादिङका मनिश दुवाडी,बलवीर भुजेल, चितवनका सागर गिरी, सन्तोष वास्ताकोटी र रामेछापका नवराज श्रेष्ठ रहनुभएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्