नेत्रावती सामुदायिक बहुमुखी क्याम्पसको १४ औं वार्षिकोत्सब कार्यक्रम सम्पन्न

नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस धादिङको ५ औं क्याम्पस सभा तथा १४ औं वार्षिकोत्सब कार्यक्रम सम्पन्न भएको छ ।शनिबार क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष भुवन धरेलको सभापतित्वमा भएको कार्यक्रममा बागमति प्रदेशसभा सदस्य जगत सिम्खडाको प्रमुख आतिथ्य ररहेको थियो।

कार्यक्रममा क्याम्पस प्रमुख हरिकृष्ण सिटौलाले आ व २०७७/७८ को आय व्यय प्रस्तुत गर्नु भएको थियो ।कार्यक्रमको अवसरमा विशिस्ट ब्यतिहरुलाई सम्मानका साथै क्याम्पसमा अध्यनरत बिद्यार्थीहरुलाई गरिब तथा जेहेन्दार छात्रवृत्ति वितरण गरिएको छ।

सभाले सुमन धरेलको अध्यक्षतामा नयाँ क्याम्पस सन्चालक समिति समेत गठन गरेको छ।आमभेलाले क्याम्पस सञ्चालक समितिको अध्यक्षमा धरेल निर्विरोध चयन गर्दै हाल ६ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

त्रिपुरासुन्दरि गाउँपालिकाकी उपाध्यक्ष देवि बुर्लाकोटिको विशेष आतित्थतामा सम्पन्न भएको कार्यक्रममा पालिका भित्रका बिभिन्न राजनितिक दलका प्रतिनिधि, वडा अध्यक्ष, बिद्यालयका प्रअ तथा प्रतिनिधि,संघसस्थाका प्रमुख तथा प्रतिनिधिहरु र अभिभावक तथा बिद्यार्थीहरुको उपस्थिति रहेको थियो।

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्