एमाले धादिङको सिंगो पदाधिकारी टिम र सदस्यहरू नै सर्वसम्मत

नेकपा एमाले धादिङको जिल्ला नेतृत्व सर्वसम्मत रुपमा चयन भएको छ ।

जिल्ला सदरमुकाम धादिङबेशी स्थित मदन आश्रित स्मृति भवनमा सम्पन्न आठौँ जिल्ला अधिवेशनले जिल्लाको सिंगो पदाधिकारी टिम र सदस्यहरू नै सर्वसम्मत रुपमा चयन गरेको छ ।

आईतबार सम्पन्न जिल्ला अधिवेशनले भूमि त्रिपाठीको अध्यक्षतामा एक तिहाई महिला र समावेशीलाई समेटेर १०५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा धन बहादुर घले, सचिवमा अर्जुन कुमार श्रेष्ठ(गोर्खाली), उपसचिवमा हरिराम लोहनी र राधिका सापकोटा चयन हुनु भएको छ ।

यसअघि पनि जिल्ला अध्यक्ष रहनुभएका त्रिपाठी निर्विरोध अध्यक्ष चयन हुनुभएको थियो। त्रिपाठी धादिङ क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्य समेत हुनुहुन्छ।

शनिबार भएको बन्दसत्रबाट मनोनयन दर्तामा ४ पदाधिकारी सहित एकसय सदस्यका लागि २ सय ५८ जनाले उम्मेदवारी दर्ता गराएका थिए। तर, अध्यक्ष मण्डलद्धारा सर्वसम्मत नेतृत्व टुङ्गाएको हो।

यसैगरी जिल्ला कमिटिको बैठकले २० प्रतिशत सदस्य पछि मनोनित गरिने एमाले धादिङका ईञ्चार्ज खेम लोहनीले जानकारी दिनुभयो। जसमा १० प्रतिशत बैठकले र १० प्रतिशत भने पार्टी एकिकरण तथा अन्य पार्टीबाट आएकालाई मनोनित गरिने ईञ्चार्ज लोहनीले बताउनुभयो।

शुक्रबारदेखी सुरु भएको अधिवेशनमा जिल्लाभरबाट सात सय १ जना प्रतिनिधि सहभागी थिए।अधिवेशनको नेकपा एमाले स्थायी कमिटिका सदस्य एवम केन्द्रिय लेखा आयोगका अध्यक्ष डा.पुष्पराज कँडेलले उद्घाटन गर्नुभएको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्