कोरोना संक्रमितको संख्या बढ्दै: एकैदिन ११ सय ६७ जनामा संक्रमण पुष्टि

नेपालमा पछिल्लो केही दिनयता कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। यो साताको तथ्यांक हेर्दा दैनिक कोरोनाबाट संक्रमित हुनेको संख्या बढेको हो ।

पछिल्लो २४ घण्टामा देशभर १२ हजार ६३२ को कोरोना परिक्षणमा ११६७ संक्रमित थपिदा २२४ संक्रमित डिस्चार्ज भएका छन्।

देशभरका प्रयोगशालाबाट ८ हजार ८४८ जनाको पीसीआर गर्दा ८४१ र ३ हजार ७८४ जनाको एन्टिजेन परिक्षणमा ३२६ गरी ११६७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

शनिबार मात्रै ९४४ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख २९ हजार ४०४ पुगेको छ भने हालसम्म संक्रमित भई निको हुनेको सङ्ख्या ८ लाख १४ हजार २३० पुगेको छ।

योसँगै हालसम्म सक्रिय संक्रमितको संख्या ६ हजार ७५५ रहेको छ भने सङ्क्रमणमुक्त हुनेको दर ९७.९ प्रतिशत रहेको छ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण २ जनाको मृत्यु भएसँगै हालसम्म सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या एघार हजार ६०४ रहकोे मन्त्रालयको तथ्याङ्मा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्