बेनिघाट रोराङ गाउँपालिकाका एक जनामा कोरोना पुष्टि

धादिङका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आईतबार बेनिघाट रोराङ गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। योसँगै जिल्लामा सक्रिय संक्रमित २ पुगेको छ ।

जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या नौ हजार एक सय ७३ पुगेको छ। संक्रमित मध्ये ८ हजार ११९ निको भएका छन् भने संक्रमणका कारण जिल्लाका ८० जनाले ज्यान गुमाएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्