धादिङ,०३ फागुन।
धादिङको गंगाजमुना गाउँपालिकामा डोजर पुरिँदा चालकको मृत्यु भएको छ ।
गाउँपालिकाको वडा नं ५ फुलखर्क स्थित सुकुभन्ज्यङ मराउठी माजुवाबेसी सडक खन्ने क्रममा माथिबाट ढुङ्गाहरू खसेर डोजर पुरिँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा सर्लाही घर भएका डोजरका चालक ३६ वर्षीय रोशन कुमार चौधरी रहेका छन्।उनको मंगलबार दिउँसो मृत्यु भएको हो ।डोजर पुरिएको र चालकको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी घटनास्थलमा पुगेको थियो।
घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धादिङ र ईलाका प्रहरी कार्यालय फुलखर्कबाट खटिएको प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।पुरिएको टाटा हिटाजि डोजर धादिङ कन्स्ट्रक्सन दीपेन्द्र बुडाथोकिको नाममा रहेको बताईएको छ।