५६ एन्टिजेन परीक्षणमा धादिङका १५ जनामा संक्रमण पुष्टि

धादिङ,०५ फागुन ।
पछिल्लो २४ घण्टामा धादिङका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १५ जना नै संक्रमण मुक्त भएका छन् ।

आज जिल्लाभर गरीएको ५६ एन्टिजेन परीक्षणमध्ये धादिङ अस्पतालमा ७, धुनिबेशी नगरपालिकामा ४, नीलकण्ठमा २, गंगाजमुना र त्रिपुरासुन्दरी गाउँपालिकामा १/१ जना गरी १५ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।

जिल्लामा अब सक्रिय संक्रमित ५६ जना बाँकी रहेका छन्। संक्रमित मध्ये ५४ जना होम आइसोलेसनमा र २ जना अस्पताल आइसोलेसनमा रहेका छन् । धादिङमा कोरोना संक्रमण दर(पर्सेन्टेज पोजिटिभिटी रेट) २६ प्रतिशत रहेको छ । बुधबार तिन संक्रमित थपिएका थिए ।

जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या १० हजार ४८० पुगेको छ। संक्रमित मध्ये ९ हजार ३६३ निको भईसकेका छन् भने संक्रमणका कारण ८१ जनाले ज्यान गुमाएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्