धादिङका थप ९ जनामा कारोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमिहरु नीलकण्ठ नगरपालिका वडा नं ३ का ३१,३२,४१ र ४५ वर्षिय पुरुष र ३६ वर्षिया महिला रहेका छन् ।त्यस्तै नेत्रावती डवजोङ गाउँपालिका वडा नं ३ का ३२ र वडा नं १ का ६४ वर्षिय पुरुष,थाक्रे गाउँपालिका वडा नं ५ का २९ वर्षिय पुरुष र गंगाजमुना गाउँपालिका वडा नं ६ का ४६ वर्षिय पुरुष रहेको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिनुभयो । यो सँगै धादिङमा जम्मा संक्रमितको सङ्ख्या ६ सय २७ पुगेको छ ।
जिल्लाको १३ स्थानीय तह मध्ये नीलकण्ठ नगरपालिकामा १ सय ७१ जना संक्रमित पुगेको छ । गल्छिमा ८२ जना, त्रिपुरासुन्दरीमा ७७ जना, ज्वालामुखी गाउँपालिकामा ५७ जना पुगेको छ ।यस्तै थाक्रेमा ४५ जना,बेनिघाट रोराङमा ४४ जना, धुनीबेसीमा २९ जना, गंगाजमुनामा २० जना, गजुरीमा १९ जना, सिद्धलेकमा १९ जना, नेत्रावती डबजोङमा १८ जना, खनियाबासमा १७ जना, रुविभ्यालीमा २ जना, धादिङ घर भएका तर अन्य ठेगाना नखुलेका ८ जना, धादिङ अस्पतालका २१ जना र स्वास्थ्य कार्यालय धादिङका २ जना गरी ६ सय २७ जना रहेको हेल्थ असिस्टेन्ट रिजालले बताउनुभयो ।
जम्मा संक्रमित मध्ये ४ सय ९ जनाको धादिङमा स्वाव संकलन गरि परिक्षणको लागि पठाईएको र बाँकी २ सय १८ जनाको भने जिल्ला बाहिर गएर स्वाव परिक्षण गराउँदा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । धादिङमा कोरोना संक्रमणबाट अहिलेसम्म ८ जनाको मृत्यु भएको छ ।निको हुनेको कुल संख्या ३ सय ८३ पुगेको छ । यस्तै रिपोट आउन बाँकी ५ सय ४० पुगेको छ । हेल्थ असिस्टेन्ट रिजालका अनुसार धादिङमा हाल सक्रिय केशको सङ्ख्या २ सय ४४ जना र क्वारेन्टिनमा ४ जना रहेका छन् ।