धादिङमा नेकपा एमालेले विजयी सुरुवात, गल्छी–१ को वडाध्यक्षमा खतिवडा विजयी

धादिङ,३१ बैशाख ।
धादिङमा नेकपा एमालेले विजयी सुरुवात गरेको छ ।

जिल्लाको गल्छी गाउँपालिका–१ को वडाध्यक्षमा नेकपा एमालेबाट उम्मेदवारी दिएका यदु कुमार खतिवडाले निकटम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट समाजबादीको वडा अध्यक्षका उम्मेदवार माधव प्रसाद खतिवडालाई १३९ मतले पराजित गर्दै विजयी हुनु भएको हो । खतिवडा १ हजार १३५ मत ल्याएर बिजयी हुनुभयो भने गठबन्धनका तर्फबाट वडा अध्यक्षका उम्मेदवार माधव प्रसाद खतिवडाले ९९६ जम्मा मत ल्याए ।

गल्छीको १ नम्बर वडामा नेपाली काङ्ग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादीको गठबन्धन थियो । तर ३ दलिय गठबन्धनलाई परास्त पार्दै एमालेले शानदार जित हासिल गर्न सफल भएको हो । २०७४ को स्थानीय तह निर्वाचनमा पनि गल्छी १ मा एमालेले नै वडा अध्यक्षमा जित हासिल गरेको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्