ससाहमा स्करपियो दुर्घटना हुदाँ ५ जना घाईते (घाईतेको विवरण सहित)

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ ससाहमा स्कपरियो जिप दुर्घटना हुँदा ५ जना घाईते भएका छन् । आज विहान धादिङवेशींबाट काठमाण्डौं जाँदै गरेको बा १५ च ३५०४ नम्बरको स्करपियो सडकबाट लगभग १ सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक प्रहरी नायव उपरिक्षक लोकनाथ तिम्सिनाले जानकारी दिनुभयो ।

दुर्घटनामा परि घाईते हुनेमा मुक्तिनाथ विकास वैंङका क्षेत्रिय प्रवन्धक त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ का ३४ वर्षिय सुरेन्द्र श्रेष्ठ र गल्छी गाउँपालिका वडा नम्बर १ का ३० वर्षिय विनोद खतिवडा रहेका छन् । त्यस्तै नीलकण्ठ नगरपालिका वडा नं ३ का ३८ वर्षिय आईते नेपाली, सवारी चालक नीलकण्ठ नगरपालिका वडा नं ७ का २४ वर्षिय विक्रम विश्वकर्मा र काभे्र जिल्ला रोसी गाउँपालिका वडा नं ३ का ३१ वर्षिय चन्द्रलाल ट्वाटी रहेको प्र्रहरी नायव उपरिक्षक तिम्सिनाले जानकारी दिनुभयो ।

घाईते २ लाई थप उपचारको लागि हेलिकप्टर मार्फत र एक जनालाई एम्बुलेन्सबाट थप उपचारको लागि काठमाण्डौं रिफर गरिएको तिम्सिनाले बताउनुभयो । अन्य घाईतेहरुको धादिङ अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घाईतेहरुलाई प्रहरी,स्थानीय बासिन्दाहरुको सहयोगमा उद्वार गरि धादिङ अस्पताल ल्याईएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्