सिद्धलेक–३ मा गठबन्धनलाई पराजित गर्दै एमालेका पुलामी प्यानल विजयी

धादिङ,०३ ज्येष्ठ ।
धादिङकोे सिद्धलेक गाउँपालिका वडा नं ३ मा गठबन्धनलाई पराजित गर्दैै एमालेका देब बहादुर पुलामी प्यानल सहित बिजयी भएका छन् ।

पुलामीले गठबन्धनका उम्मेदवारलाई ३१२ मतले पराजित गर्दै बिजयी भएका हुन् । पुलामीले वडाअध्यक्षमा १ हजार ६५ मत प्राप्त गर्नु भएको छ भने गठबन्धनका उम्मेदवारले ७५३ मत ल्याउनु भएको छ । उक्त वडामा २०७४ सालको निर्वाचानमा पनि नेकपा एमालेबाट पुलामीले नै जितेका थिए ।

वडा नं ३ मा गाउँपालिका अध्यक्षमा एमालेको सुर्य चिन्हमा १०४२ र उपाध्यक्ष पदमा सुर्य चिन्हमा १०३६ मत प्राप्त भएको छ । गठबन्धन तर्फ अध्यक्षमा ७७९, उपाध्यक्षमा कलम चिन्हको ७०५ मत प्राप्त भएको ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्