कोरोना भाईरसले पारेको मनोवैज्ञानिक असर कम गर्न स्थानियलाई मनोविमर्श तालिम

कोरोना भाईरस (कोभिड १९) को कारणले परेको मनोबैज्ञानिक समस्या कम गर्नको लागि धादिङको खनियावास गाउँपालिकामा मनोपरामर्श तालिम सम्पन्न भएको छ। खनियावास गाउँपालिकाको आयोजना तथा धादिङ मनोसामाजिक संस्था, नेपालको समन्वयमा तालिम सम्पन्न भएको हो । बुधबारबाट सुरु भएको तालिम शुक्रबार सम्पन्न भएको हो । कोरोना भाईरसले पारेको मनोसामाजिक प्रभावलाई कम गर्न समुदायमा पुनस्थापना तथा परामर्श लक्षित मनोबिमर्श तालिम सम्पन्न भएको हो ।खनियावास गाउँपालिकाका उपाध्यक्ष यो मायाा तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको तालिममा प्रमुख प्रशासकिय अधिकृत बालकृष्ण नेपालीको विशेष आतिथ्य रहेको थियो ।
तालिममा नेत्रावती डबजोङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण बद्री पौडेल र ज्वालामुखी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठले कोरोना भाईरस भनेको के हो रु कोरोना भाईरस कसरी सर्छरु कोरोना भाईरसबाट बच्न के गर्नुपर्छ, होम क्वारिन्टाई र आईसोलेशन भनेको के हो भन्ने विषयमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।
यसैगरी सुरक्षित आप्रवासन सामी परियोजना नीलकण्ठ नगरपालिकाका मनोविमर्शकर्ता रामकुमार थापाले कोरोना भाईरसको कारण उत्पन्न हुने डर,चिन्ता,तनावलाई कसरी व्यावस्थापन गर्ने,मनोसामाजिक समस्या भनेको के हो रु यसको कारण लक्षण र समाधानका उपायहरु, कडा खालको मानसिक समस्या भनेको के हो र परामर्श भनेको के हो र परामर्श गर्दा ध्यान दिनुपर्ने कुराहरुको बारेमा सहजिकरण गर्नु भएको थियो।

कार्यक्रममा प्रमुख अतिथी गाउँपालिकाका उपाध्यक्ष यो मायाा तामाङ तामाङले कोरोना भाईरसको कारण उत्पन्न भएको मनोसामाजिक समस्या कम गर्नको लागि तालिमले महत्वपुर्ण भुमिका खेल्ने विश्वास गर्नुभयो । यसैगरी प्रमुख प्रशासकिय अधिकृत बालकृष्ण नेपालीले सहयोगी संस्थालाई धन्यवाद दिदै आगामी दिनमा पनि मानशिक स्वास्थ्यको क्षेत्रमा गाउँपालिकाले विभिन्न सचेतना मुलक काम गर्ने बताउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्