धादिङमा पछिल्लो २४ घण्टामा थप २ जनामा कोराना संक्रमण पुष्टि भएको छ । बुधबार थपिएका संक्रमितहरु थाक्रे गाउँपालिका वडा नं ६ का ३० बर्षिय पुरुष र खनियाबास गाउँपालिका ५ की ६१ बर्षिया महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ अस्स्टिेन्ट मिलन रिजालले बताउनुभयो । यससँगै जिल्लाभर जम्मा संक्रमितको सङ्ख्या भने १ हजार ५ सय पुगेको छ ।
जिल्लाको १३ स्थानीय तहमध्ये नीलकण्ठ नगरपालिकामा ४ सय ७ जना संक्रमित पुगेको छ । गल्छीमा १ सय ८६ जना, त्रिपुरासुन्दरीमा १ सय १८ जना, बेनिघाट रोराङमा १ सय १६ जना र गजुरीमा एक सय पुगेको छ ।
यस्तै ज्वालामुखी गाउँपालिकामा ९२ जना, थाक्रेमा ८३ जना, धुनीबेसीमा ८२ जना, सिद्धलेकमा ५४ जना, खनियाँबासमा ४७ जना, गंगाजमुनामा ४० जना नेत्रावती डबजोङमा ४४, रुविभ्यालीमा १४ जना, धादिङ घर भएका तर अन्य ठेगाना नखुलेका ८ जना, धादिङ अस्पतालका ८९ जना र स्वास्थ्य कार्यालय धादिङका ४ जना गरी १ हजार ५ सय जना रहेका छन् ।
यसैगरी धादिङका जम्मा संक्रमित मध्ये ८ सय ९३ जनाको धादिङमा स्वाव संकलन गरि परिक्षणको लागि पठाईएको र बाँकी ६ सय ७ जनाको भने जिल्ला बाहिर गएर स्वाव परिक्षण गराउँदा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यससँगै जिल्लामा कोरोना संक्रमितहरु मध्ये निको हुनेको कुल सङ्ख्या १३ सय ७८ पुगेको हेल्थ अस्स्टिेन्ट रिजालले बताउनुभयो । यस्तै
जिल्लामा अहिले सक्रिय केशको सङ्ख्या ९७ जना रहेका छन् । कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १७ पुगेको छ । आजसम्मको तथ्याङ्क अनुसार धादिङमा ६ हजार १ सय ७६ जनाको पीसिआर परिक्षण गरिएको छ, जसमध्ये ४ हजार ६ सय ७६जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।