यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौ,२१ असार ।

विदेशी मुद्रा विनिमय दर पछिल्लो समय बढदो अवस्थामा रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार १ अमेरिकीडलरको खरिद दर १२६.०३ र  विक्रीदर १२६.६३ रहेको छ । डलर बढदा नेपाली रूपैयाँ कमजोर बनेको छ।  

त्यस्तै, युरो खरिद दर  १३१.७० र विक्री दर १३२.३३ रहेको छ । साउदी अरेबिया रियल खरिद दर ३३.५८ र विक्री दर ३३.७४ कायम छ।

त्यसैगरी बेलायती पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ ८२ पैसा र बिक्री दर १५३ रुपैयाँ ५५ पैसा रहेको छ भने कतारी रियल खरिद दर ३४.४९ र विक्री दर ३४.६६ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्