धादिङ,०८ साउन।
साउन ३० गते हुन लागेको टानको निर्वाचनमा धादिङका कमल सापकोटाले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। धादिङ घरभई काठमाडौंमा रहेर पर्यटन व्यवसाय गर्दै आएका सापकोटाले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टानको आशन्न निर्वाचनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।
सापकोटाले आफ्नो सामाजिक सञ्जाल मार्फत बेटर टान बनाउन मेहनत गर्ने प्रतिवद्धता सहित अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। साउथ एसियन यूथ टुरिजम अवार्ड २०१९’, पर्यटन वर्ष पुरुष २०१७ को अवार्ड जस्ता महत्वपूर्ण सम्मान पाएका सापकोटा गाउँ पर्यटन मञ्च (भिटोफ) नेपालको पूर्व अध्यक्ष समेत हुन् ।


 
		 
			 
                             
                             
                             
                             
                            