धादिङ,३० भाद्र ।
धादिङका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीबार जिल्लामा गरिएको १३ एन्टिजेन परिक्षणमध्ये त्रिपुरासुन्दरी गाउँपालिकामा र नेत्रावती डबजोङ गाउँपालिकामा १/१ जना गरी २ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङको तथ्याङकमा उल्लेख गरीएको छ ।
यस्तै ५ संक्रमित डिस्चार्ज भएका छन् ।हाल सक्रिय संक्रमित ५९ जना रहेका छन्। संक्रमित सबै होम आईशालेशनमा रहेका छन्।